Advertisement

सम्पादकीय नीति

सम्पादकीय नीति

१. सत्यता र प्रमाणीकरण: लिडर नेपालले प्रकाशन गर्ने सबै समाचार प्रकाशन अघि कम्तीमा दुई स्वतन्त्र र विश्वसनीय स्रोतबाट तथ्य प्रमाणीकरण गरिन्छ।

२. निष्पक्षता र सन्तुलन: कुनै पनि राजनीतिक दल, जात, धर्म, लिङ्ग, भाषा वा क्षेत्रको पक्ष वा विपक्षमा समाचार सम्प्रेषण गरिँदैन। सबै पक्षको विचारलाई समान स्थान दिइन्छ।

३. स्रोतको गोपनीयता: नेपाल पत्रकार आचारसंहिता २०७३ को दफा ४ अनुसार समाचारको स्रोतलाई आवश्यक परेमा गोप्य राखिन्छ र स्रोतको सुरक्षा गरिन्छ।

४. त्रुटि सच्याउने नीति: तथ्यगत त्रुटि फेला परेमा वा पाठकले जानकारी गराएमा २४ घण्टाभित्र समाचार सच्याएर लेखको अन्त्यमा “सच्चाइएको” भनी मितिसहित उल्लेख गरिन्छ।

५. विज्ञापन र समाचारको स्पष्ट भिन्नता: प्रायोजित सामग्री, विज्ञापन वा पेड कन्टेन्टलाई समाचारबाट स्पष्ट छुट्याउन “विज्ञापन”, “प्रायोजित” वा “सूचना” शब्द अनिवार्य उल्लेख गरिन्छ।

६. गुनासो सुनुवाई: समाचारप्रति कुनै गुनासो, सुझाव वा खण्डन भएमा

editor@leadernepal.com वा ९७४४३७७५२३ मा सम्पर्क गर्न सकिन्छ। ७ दिनभित्र जवाफ दिइनेछ।

प्रधान सम्पादक: शिव प्रसाद ओझा