Advertisement

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम ¥याङिकङमा विजेता क्लवलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।

ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा शनिवार र आइतबार सञ्चालन भएको च्याम्पियनसिपमा १,०३६ अंकसहित क्लव पहिलो बनेको हो । ७७८ अंकसहित निसर्ग बाटिका स्कूलले फस्ट रनर अप स्थान र ५७६ अंकसहित नेपाल एपीएफ क्लवले सेकेण्ड रनरअप स्थान प्राप्त गरेका छन् ।

आइतबार भएको कार्यक्रममा फस्ट रनरअपलाई २५ हजार रुपियाँ, सेकेन्ड रनरअपलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । ४८९ अंकसहित जेम्स स्कुलले चौथो र २८१ अंकसहित त्रिभुवन आर्मी क्लबले पाँचौ स्थान हासिल गरेको छ ।

एपीएफका जेडन श्रेष्ठ र नेपाल प्रहरीका इर्भिन श्रेष्ठ समान ३ हजार अङ्कसहित उत्कृष्ट पुरुष खेलाडी घोषित भए । नेपाल पुलिस क्लवबाट प्रतिस्पर्धा गरेकी देभान्सी जोशीले ९ हजार २ अंकसहित उत्कृष्ट महिला खेलाडीको उपाधि हासिल गरे । उनीहरुलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।

प्रतिस्पर्धामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जेम्स, लिटिल एञ्जलसहित विभिन्न विद्यालय, सगरमाथा क्लवसहित विभिन्न क्लवहरुबाट खेलाडी प्रतिस्पर्धामा थिए । उमेरका हिसाबले ६ वर्षदेखि २५ वर्षसम्मका खेलाडी सहभागी थिए ।

खेलाडीलाई सम्मान गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, विधागत खेलमा गरेको लगानीबाट स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय खेलहरुमा प्रतिस्पर्धाका लागि प्रोत्साहन गर्ने लक्ष्य राखेर खेलकुदका पूर्वाधार तथा प्रतिस्पर्धात्मक खेल आयोजनामा महानगरपालिकाले लगानी बढाएको बताए ।

प्रतियोगिता स्थलमा महानगरपालिकाले आकस्मिक स्वास्थ्योपचारका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्स सेवा तैनाथ राखेको थियो । प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, वटरफ्लाई सहित ३७ विधामा खुला प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धाहरु बिहान र बेलुका सञ्चालन गरिएका थिए ।

समापन अवसरमा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्कीसहितका वक्ताले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रमा गरेको लगानीबाट देशको गौरव उच्च बनाउने जनशक्ति उत्पादन हुने बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त काठमाडौं । स्विट्जरल्या...
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले काठमाडौं । अर्थमन्त्री डा....
रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

रास्वपाको सर्लाही जिल्ला अधिवेशन स्थगित

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्या...
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल

खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल

खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल काठमाडौं । राष्ट्रपति रामचन्...
जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. वि...
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा वि...
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको ...
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA