}
Advertisement

रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी

रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यहि असार ७, ८ र ९ गते चितवनमा आयोजना हुन लागेको रास्वपाको केन्द्रीय महाधिवेशनमा पाण्डेले केन्द्रीय सदस्य पदका लागि निर्वाचन लड्ने तयारी गरेका हुन् ।

नुवाकोटको विदुर नगरपालिका–२ मा जन्मिएका पाण्डे नेपालका अनुभवी पर्यटन व्यवसायीमध्ये एक छन् । करिब ३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनले ट्राभल, ट्रेकिङ, हवाई सेवा तथा नागरिक उड्डयनलगायत पर्यटनका विविध विधामा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पाण्डेले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, एयरलाइन्स एसोसियन अफ नेपाल (आवान)को महासचिव, नेपाल पर्यटन बोर्डको सदस्य तथा नेपाल पर्यटन वर्ष २०११ को कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभव छ ।

त्यसैगरी, उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर को अध्यक्षका रूपमा नेतृत्व प्रदान गर्नुका साथै पाटा अन्तर्राष्ट्रिय मुख्यालयमा चार वर्षसम्म कोषाध्यक्ष र सचिव तथा दुई वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पर्यटन क्षेत्रको दीर्घकालीन योगदानको कदरस्वरूप पाटा अन्तर्राष्ट्रियले उनीलाई हालसालै आजीवन सदस्यता सम्मान समेत प्रदान गरेको छ ।

राजनीति र पर्यटनसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि पाण्डेको सक्रियता उतिकै उल्लेखनीय छ । नुवाकोटमा सञ्चालन गरिएको ‘हरियो नुवाकोट’ अभियान मार्फत करिब डेढ लाख सुन्तला, कागती र एभोकाडोका बिरुवा कृषकहरूलाई वितरण गरी उनले कृषकको आयआर्जन वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

व्यवसायसँगै पाण्डे राजनीतिमा समेत सक्रिय रहेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १६ हजार ४७७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए । जसले नुवाकोटमा उनीको लोकप्रियता र राजनीतिक प्रभावलाई स्पष्ट रूपमा देखाएको थियो ।

हाल रास्वपाको पर्यटन विभाग प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेले पार्टीभित्र नीति, संगठन र पर्यटन क्षेत्रको अनुभवलाई संस्थागत गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए ।

पर्यटन, संगठन, अन्तर्राष्ट्रिय अनुभव, सामाजिक सेवा र वातावरण संरक्षणका क्षेत्रमा लामो योगदान दिएका पाण्डेको उम्मेदवारीलाई महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ । पार्टीभित्र नयाँ सोच, व्यावसायिक दक्षता र परिणाममुखी नेतृत्वको आवश्यकता बढिरहेका बेला पाण्डेको अनुभव र कार्यशैलीले केन्द्रीय नेतृत्वमा थप ऊर्जा प्रदान गर्ने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई न...
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा खेल अर्थतन्त्रलाई नेपालले पहिचान गर्नै सकेन, प...
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा रामेछाप । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिप...
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द...
शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड

शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड

शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड काठमाडौं । मुलुकको शिक्...
अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा सन्तोषी रावल, नेपाल न्यूज बैँक आज अन्तर्राष्ट्रिय ...
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी श...
सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास काठमाडौं । हिन्दु धर्ममा मुसालाई गणेशको वाहन मानिन्छ र पूजा गर्ने परम्पर...
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA