}
Advertisement

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले स्वराङ्कन गरेका हुन् ।

निर्देशक बिराज भट्टले समिर सहित अनुप बिक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन् ।

दशैंको अवसर पारेर फुलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने चलचित्र २०८१ सालको हिट चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो । एक्सन नायक बिराज भट्को निर्देशन रहेको ‘१२ गाउँ’ बाट नेपाली चलचित्रमा समिर भट्ट उदियमान स्टारका रूपमा स्थापित भएका थिए ।

पहिलो श्रृखलाको जवरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बिच ‘१२ गाउँ २’ प्रतिक्षित चलचित्र बनिरहेको छ । ‘१२ गाउँ २’ लाई अझै ठूलो क्यानभाष, नविन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा मनोरञ्जनसँगै एक्सन मात्र नभएर भावना तथा पारिवारिक कथालाई विशेष प्राथमिकता दिइएको बताइएको छ ।

डबिङका साथै पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ । डबिङ कार्य सम्पन्न भएपछि चलचित्रको गीत, ट्रेलर र प्रचार–प्रसारका सामग्री क्रमशः सार्वजनिक गरिने तयारी रहेको बताइन्छ ।

चलचित्रमा निर्देशक बिराज भट्टका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्व लगायत कलाकारहरूको अभिनय छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको चलचित्रमा महेश पौडेलको छायाँकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकर्मा लाइभ एट पेरिस ला ग्रान्ड प्यागोडा’ ग्रामी अवार्डको ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधामा विचाराधीन

सुकर्मा लाइभ एट पेरिस ला ग्रान्ड प्यागोडा’ ग्रामी अवार्डको ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधामा विचाराधीन

काठमाडाै । नेपाली संगीत समूह ‘सुकर्मा’ को एल्बम ‘सुकर्मा  लाइभ एट पेरिस ला ग्रान्ड प्यागाेडा’ प्रतिष्ठित ग्रामी अवार्डको ‘बेस्...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सर...
नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजा...
समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर ...
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

उज्यालो नेपाल कुनै पार्टीसँग मिसिँदैन, बरु अरू पार्टीलाई समेट्छौँ : कुलमान घिसिङ काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलम...
गृह मन्त्री र मृतकका परिवारबीच सहमति

गृह मन्त्री र मृतकका परिवारबीच सहमति

सिरहा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति गर...
मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई न...
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा खेल अर्थतन्त्रलाई नेपालले पहिचान गर्नै सकेन, प...
Company Name: Leader Nepal Private Limited | PAN: 619888020 | Registered Address: Ward No.11,Chapagaun Goadawari, Lalitpur, Nepal
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA