समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी
समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले स्वराङ्कन गरेका हुन् ।
निर्देशक बिराज भट्टले समिर सहित अनुप बिक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन् ।
दशैंको अवसर पारेर फुलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने चलचित्र २०८१ सालको हिट चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो । एक्सन नायक बिराज भट्को निर्देशन रहेको ‘१२ गाउँ’ बाट नेपाली चलचित्रमा समिर भट्ट उदियमान स्टारका रूपमा स्थापित भएका थिए ।
पहिलो श्रृखलाको जवरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बिच ‘१२ गाउँ २’ प्रतिक्षित चलचित्र बनिरहेको छ । ‘१२ गाउँ २’ लाई अझै ठूलो क्यानभाष, नविन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा मनोरञ्जनसँगै एक्सन मात्र नभएर भावना ...









