}
Advertisement

समाचार

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

समाचार
नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आज घरका मूलढोकामा समेत नागको तस्वीर टाँसी पूजा गर्ने चलन छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।...
समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समाचार
समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले स्वराङ्कन गरेका हुन् । निर्देशक बिराज भट्टले समिर सहित अनुप बिक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन् । दशैंको अवसर पारेर फुलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने चलचित्र २०८१ सालको हिट चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो । एक्सन नायक बिराज भट्को निर्देशन रहेको ‘१२ गाउँ’ बाट नेपाली चलचित्रमा समिर भट्ट उदियमान स्टारका रूपमा स्थापित भएका थिए । पहिलो श्रृखलाको जवरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बिच ‘१२ गाउँ २’ प्रतिक्षित चलचित्र बनिरहेको छ । ‘१२ गाउँ २’ लाई अझै ठूलो क्यानभाष, नविन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा मनोरञ्जनसँगै एक्सन मात्र नभएर भावना ...
सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने– ‘इतिहास मेटिँदैन’

सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने– ‘इतिहास मेटिँदैन’

समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले काटेर वा बोर्डमा बनाइएका हेडलाइन तथा आफूलाई गरिएका आलोचनाले इतिहास नमेटिने बताए। उनले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पारे। उनले परिवर्तनको समयमा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्द प्रयोग गरेको विषयलाई अनावश्यक रूपमा उचालिएको बताए। ‘कुनै काटेर वा बोर्डबाट बनेका हेडलाइनले, अनि मलाई गरिएका चुटाइहरूले लुकाइएका इतिहासहरू मेटिँदैनन्। मैले ‘गर्छु’ भनेको हो र? त्यो परिवर्तनको बेलामा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्दमा पनि त्यत्रो चासो किन भयो?’, उनले भने । ढकालले सिंहदरबार निर्माणसँग जोडिएका ऐतिहासिक पक्षबारे आफूले अध्ययन गरेको र त्यसैका आधारमा अभिव्यक्ति दिएको बताए। उन...
वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास

वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताएकी छन् । आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यास पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको बताइन् । ‘पशुपति क्षेत्रमा थुप्रै महत्वपूर्ण ऐतिहासिक, धार्मिक र सँगसँगै सामाजिक ठाउँहरु रहेका छन् । त्यसमध्ये एकदमै महत्वपूर्ण ठाउँ भनेको धर्मशाला पनि हो,’ उनले भनिन्, ‘पशुपति दर्शन गर्न आउनुहुने धेरै दर्शनार्थीहरु कुनै होटलमा भन्दा पनि यही पशुपतिकै क्षेत्रभित्र बस्न पाउँदा, धार्मिक आस्था भएका थुप्रै व्यक्तिहरुका लागि यो एउटा एकदमै महत्वपूर्ण कुराका रुपमा लिने गरिन्छ ।’ पशुपति दर्शनका लागि आउन...
कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने

कर तिर्ने करदाताको सधैं सम्मान हुनुपर्छ : रवि लामिछाने

समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन् । नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगदान गरिरहेको भन्दै उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए । सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दाबी गर्नुभयो। अझ राम्रो परिणाम आउने गरी सरकार अघि बढिरहेको भन्दै उनले आगामी दिनमा त्यसको परिणाम देखिने बताए । सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’...
New Unique Digital Photo Studio Confirms “Photo Choice Nepal” as Its Official Online Brand

New Unique Digital Photo Studio Confirms “Photo Choice Nepal” as Its Official Online Brand

समाचार
New Unique Digital Photo Studio Confirms "Photo Choice Nepal" as Its Official Online Brand Kathmandu, Nepal —August 1 2026 — New Unique Digital Photo Studio, a Kathmandu-based photography and digital printing studio operating in Jadibuti since 2009, today confirmed that “Photo Choice Nepal” is its official trading name (DBA) for its website, social media, and online customer channels. The studio, registered under PAN No. 303849458, has served customers in the Kathmandu Valley for over 15 years with portrait photography, passport and document photo services, event coverage, and digital printing. As the business expanded its presence online, it adopted the name Photo Choice Nepal for its website (photochoicenepal.com), Instagram account (@photochoicenepal), WhatsApp Business line, and Fa...
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

समाचार
उज्यालो नेपाल कुनै पार्टीसँग मिसिँदैन, बरु अरू पार्टीलाई समेट्छौँ : कुलमान घिसिङ काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन्। शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे। उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन। कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन। बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौँ। धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ। देशव्यापी रूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ ...
गृह मन्त्री र मृतकका परिवारबीच सहमति

गृह मन्त्री र मृतकका परिवारबीच सहमति

समाचार
सिरहा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति गरेको छ । विहीबार मध्यराति मृतका घर औरही गाउँपालिका वडा नं. २ तुलसीयाही पुग्नु भएका गृह मन्त्री गुरुङ र पीडित परिवारबीच घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृह मन्त्री गुरुङले  उल्लेख गरे । सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको हो । यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका र गोलबजार नगरपालिका आसप...
मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

समाचार
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए । विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए । ‘हाम्रो उद्देश्य राष्ट्रको हित हुने र अर्थतन्त्रलाई बलियो बनाउने नवप्रवर्तनको विकास गर्नु हो,’ मन्त्री पुनले भने। ‘विदेशमा रहेका सक्षम नेपालीलाई प्राथमिकता दिँदै उनीहरूको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने वा...
Company Name: Leader Nepal Private Limited | PAN: 619888020 | Registered Address: Ward No.11,Chapagaun Goadawari, Lalitpur, Nepal
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA