कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान
कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन्। उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन्।
‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका बेला वातावरण संरक्षणका लागि सबैको साझा प्रयास अपरिहार्य छ,’ मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गरेका छन्।
उनल...







