प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति
प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताए ।
उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा नै आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र बलिदानबाट स्थापित लोकतन्त्र तथा संविधानको मर्मविपरीत हुने कुनै पनि व्यवस्था नियमावलीमा समावेश गर्न नहुने धारणा राखेको बताए ।
संविधानसँग बाझिने र संविधानको भावना विपरित हुने प्रावधान नियमावलीमा थपिन नदिन आफूहरूले जोडदार रूपमा आवाज उठाए पनि बहुमतको बलमा नियमावली पारित गरिएको उनको आरोप थियो ।
उन...











