वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ
उज्यालो नेपाल कुनै पार्टीसँग मिसिँदैन, बरु अरू पार्टीलाई समेट्छौँ : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन्।
शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे।
उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन। कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन। बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौँ। धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ। देशव्यापी रूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ ...








