वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताएकी छन् ।
आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यास पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको बताइन् ।
‘पशुपति क्षेत्रमा थुप्रै महत्वपूर्ण ऐतिहासिक, धार्मिक र सँगसँगै सामाजिक ठाउँहरु रहेका छन् । त्यसमध्ये एकदमै महत्वपूर्ण ठाउँ भनेको धर्मशाला पनि हो,’ उनले भनिन्, ‘पशुपति दर्शन गर्न आउनुहुने धेरै दर्शनार्थीहरु कुनै होटलमा भन्दा पनि यही पशुपतिकै क्षेत्रभित्र बस्न पाउँदा, धार्मिक आस्था भएका थुप्रै व्यक्तिहरुका लागि यो एउटा एकदमै महत्वपूर्ण कुराका रुपमा लिने गरिन्छ ।’
पशुपति दर्शनका लागि आउन...








