दोधारा चाँदनीको धामी टोलमा भारतीयले सिमा मिच्दा उत्पन्न विवाद समाधानका लागि मेयर लिम्बुले गरे छलफल
महेन्द्रनगर–दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भारतीय पक्षले नेपाली जग्गा खनजोत गरेपछि उत्पन्न विवाद समाधानका लागि प्रशासन तथा सुरक्षा अधिकारी सित छलफल गरेका छन् । भारतीय पक्षले दोधारा चाँदनी नगरपालिका– ८ धामी टोलमा नेपाली जग्गा खनजोत गरी कब्जा गर्ने प्रयास गरेपछि दुई पक्ष बीच विवाद भएको थियो ।
मेयर लिम्बुले मंगलबार विवाद समाधानका लागि कञ्चनपुर प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेल, सशस्त्र प्रहरीका एसपी खगेन्द्र बहादुर लगाएत सित छलफल गरेका हुन ।
छलफलमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिह धनाडी, वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री लगाएत सहभागी भएका छन् । नगर प्रमुख लिम्बुका अनुसार छलफल सकारात्मक भएको छ । सोमबार मेयर लिम्बु सहित दुबै देशका सुरक्षा अधिकारी विवादित क्षेत्रमा पुगेका थिए ।
...




















