पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान हुदै
महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को प्रथम निर्वाचन अन्तर्गत मतदान भईरहेको छ । आज(शुक्रबार) विहान ८ बजेदेखि मतदान सुरु भएको थियो । मतदान बेलुका ४ बजेसम्म जारी रहनेछ । यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष १ जना, महिला सदस्य २ जना, खुला सदस्य २ जना र प्रत्येक प्रदेशबाट एक÷एक जना(जम्मा ७ जना) गरी जम्मा १२ जना निर्वाचित हुनेछन ।
उपाध्यक्ष पदका लागि काजी बहादुर श्रेष्ठ, लोकराज भुषाल तथा राम प्रसाद मेहताको बिचमा प्रतिस्पर्धा रहेको छ भने महिला सदस्यहरुमा चिना कुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्झाडे र गीता धमला बिच प्रतिस्पर्धा भईरहेको हो । त्यसैगरी खुला सदस्य तर्फ विभिन्न १२ जना प्रत्याशी रहेका छन् ।
प्रदेश सदस्य तर्फ कोशी बाट ३ जना मधेश प्रदेश बाट ४ जना, बागमतीबाट ३ गण्डकीबाट ४ लुम्बिनी बाट २ कर्णाली बाट ३ र सुदूरपश्चिमबाट...




















