Advertisement

Day: २४ श्रावण २०७८, आईतवार

रामेछापमा यात्रुसँग बढी भाडा लिने सवारी साधन कारबाहीमा, ९ हजार ५ सय जरिवाना

रामेछापमा यात्रुसँग बढी भाडा लिने सवारी साधन कारबाहीमा, ९ हजार ५ सय जरिवाना

समाचार
रामेछाप। जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चेकजाचँको क्रममा यात्रुहरुबाट बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक  कार्यालयले आईतवार काठमाण्डौं, मन्थली, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने १ वटा बस र ५ टाटा सुमोमाथि कारबाही गरेको हो । जिल्लाका बिभिन्न स्थानमा चेकजाँचका क्रममा भाडाका सवारी साधनहरुबाट यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाईएकाले बढी भाडा फिर्ता गराई ती  सवारी साधनहरुलाई यातयात ब्याबस्था ऐन बमोजिम ६ (छ)  वटा सवारी साधनहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी भाडा फिर्ता गराई ९ हजार ५ सय जरिवाना समेत उठाईएको छ । कारबाहीमा पर्ने सवारी साधनमा प्राय टाटा सुमो रहेका छन् । १ वटा बस र ५ टाटा सुमोबाट यात्रुहरुले बढी भाडा लिएको  ४ हजार ५० रुपैयाँ फिर्ता पाएका छन् ।...

भोलि र पर्सी काठमाडौंमा कोभिशिल्डको दोस्रो डोज लाउने

स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो खोप भोली सोमबार र मंगलबार काठमाडौंमा लाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णया नुसार काठमाडौं महानगरपालिका सहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनु पर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्य रुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ । उल्लेखित नगरपालिकाको खोप केन्द्र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउँदा कायम भएका केन्द्रहरु नै तय गरिएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA