
काठमाडौँ । ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो ।
घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो ।
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।