
काठमाडौँ । जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।
यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट गर्नुभएको हो ।
उहाँले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिनुभएको हो ।
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।