
रामेछाप। नेपाली कांग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य नेता सुकराम तामाङले सुनापति गाउँपालिका वडा नं. २ को वडाअध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।पार्टी भित्रको अराजक तत्वहरुलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी भएको कुरा जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिदै तामाङले आफु लामो समय देखी नेपाली कांग्रेस पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि अगाडि बढ्ने बाटोहरू घेरा लगाएकोले आफुले वडा अध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको अपहेलन सहेर नबस्ने पनि तामाङले बताए।
सम्मुन्नत दिमीपोखरी सम्मानित दिमीपोखरी बासी भन्ने मुल नारालाई आत्मसात गर्दै आफुले उम्मेदवारी दिएको र ६७४३ वडाहरु मध्ये आफ्नो वडा १ नम्बरको वडा बनाउने पनि उद्घोष र प्रतिबद्धता प्रतिबद्धता जनाउनुभयो ।
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।