
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।
चितवन – २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।
उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।