}
Advertisement

कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको कोशी प्रदेशस्तरीय ‘सर्वोत्कृष्ट प्रहरी’ (वेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

कोशी प्रदेशका १४ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको नेतृत्व सम्हाल्दै आएका प्रहरी निरीक्षक न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, लागू पदार्थ तथा मादक पदार्थ सेवन (लापसेरमापसे) परीक्षण अभियान सञ्चालन गर्नुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनकै नेतृत्वमा सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक अभियान’ सञ्चालन गरिएको थियो । सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा प्रतिक्षालय निर्माण गर्नुका साथै ट्राफिक तथा पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरी ह्विल लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन, ब्यारेकेड तथा रिफ्लेक्टिभ ज्याकेट प्रयोगमा ल्याइएको थियो ।

प्रहरीका अनुसार न्यौपानेले समुदायस्तरमा निरन्तर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सडक सुरक्षाबारे जनचेतना अभिवृद्धिमा योगदान पु¥याएका छन् ।

त्यस्तै, ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट तथा वार्निङ सोलार लाइट पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनलाई सहज बनाउन उनले उल्लेखनीय भूमिका खेलेका थिए ।

सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा सडक सुरक्षा प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै प्रहरी निरीक्षक न्यौपानेलाई २०८३ साल जेठ महिनाको कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकर्मा लाइभ एट पेरिस ला ग्रान्ड प्यागोडा’ ग्रामी अवार्डको ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधामा विचाराधीन

सुकर्मा लाइभ एट पेरिस ला ग्रान्ड प्यागोडा’ ग्रामी अवार्डको ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधामा विचाराधीन

काठमाडाै । नेपाली संगीत समूह ‘सुकर्मा’ को एल्बम ‘सुकर्मा  लाइभ एट पेरिस ला ग्रान्ड प्यागाेडा’ प्रतिष्ठित ग्रामी अवार्डको ‘बेस्...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सर...
नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजा...
समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी

समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर ...
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

उज्यालो नेपाल कुनै पार्टीसँग मिसिँदैन, बरु अरू पार्टीलाई समेट्छौँ : कुलमान घिसिङ काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलम...
गृह मन्त्री र मृतकका परिवारबीच सहमति

गृह मन्त्री र मृतकका परिवारबीच सहमति

सिरहा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति गर...
मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई न...
खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोट्र्स टुरिजम हब बन्नसक्छ : दिपक थापा खेल अर्थतन्त्रलाई नेपालले पहिचान गर्नै सकेन, प...
Company Name: Leader Nepal Private Limited | PAN: 619888020 | Registered Address: Ward No.11,Chapagaun Goadawari, Lalitpur, Nepal
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA