Advertisement

मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरणले भनेको छ, ‘थुनिएका खोल्सी थुनिएका छन् भने खोलौं, सडक किनारमा नाला बनाऔं ।’बाढीले पुर्याएको क्षतिबारे जानकारी दिंदै मनाङका डिएसपी सुवास खड्काले भने, ‘घट्टेखोलामा रहेको एउटा घरमा नेपाल लाइफ इन्स्योरेन्सको कार्यालय पनि थियो । त्यो घर भत्किएर बस्नै नमिल्ने भएपछि त्यहाँ डेरामा बस्दै आएकाहरुलाई नजिकको विद्यालयमा सारिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 LATOTO mahjong333 Dolantoto Danatoto DEPOBOS WATITOTO TOTO33 danatoto SLOT711 depobos mponusa watitoto MPONUSA danatoto watitoto pos4d slot777 depobos POS4D MPONUSA MPONUSA WDBOS MAHJONG303 GOPAY303 ASIA4D ZOROTOTO MPONUSA