रौतहटमा धान रोपाइँको चटारो : ब्याडमा बीउ तयार, आकाशे पानीको पर्खाइमा किसान
रौतहटमा धान रोपाइँको चटारो : ब्याडमा बीउ तयार, आकाशे पानीको पर्खाइमा किसान
दिपेश पौडेल र रौतहट
रौतहट । मधेश प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्व तयारीमा जुटेका छन् । जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रका किसानहरूले धानको बीउ (बेर्ना) ब्याडमा तयार पारिसकेका छन् ।
अब उनीहरू खेत खनजोत गरेर आकाशे वर्षा हुनासाथ रोपाइँ सुरु गर्ने पर्खाइमा छन्। मनसुन भित्रिने समय नजिकिँदै गर्दा ग्रामीण भेगका खेतहरूमा किसानहरूको चहलपहल निकै बढेको छ ।
जिल्लाका गरुडा, गौर, चन्द्रपुर, कटहरिया, माधवनारायण लगायतका स्थानीय तहका किसानहरूले मुख्य बर्खे धानका लागि जेठको पहिलो र दोस्रो साता नै ब्याडमा बीउ राखेका थिए । कृषि ज्ञान केन्द्र रौतहटका अनुसार जिल्लामा किसानहरूले विशेष गरी स्वर्ण, सावा मन्सुली र राधा४ जस्ता उन्नत तथा स्थानीय जातका धानक...








