सुनापति गाउँपालिकाको वडा बिभाजन विवाद टुंगियो
रामेछाप । सुनापति गाउँपालिकाको वडा विभाजन हिजो बसेको कार्यपालिकाको बैठकबाट टुंगिएको छ । भल्वाडी मैत्रीय सेवा समितिले भल्वाडी नामलाई काटेर नयाँ वडाको नाम बेथान पानीघाट नामाकरण गरि सिंगो भल्वाडी माथि हस्ताक्षर गरिएको भन्दै अब बन्ने नयाँ वडाको नाम भल्वाडी बेथान नामकरण गरिनु पर्ने माग गरिएको ३५ दिनपछि हिजो बसिएको गाउँकार्यपालिकाको बैठकले नयाँ वडाको नाम बेथान भल्वाडी हुने निर्णय गरिएको ३ नम्बर वडा अध्यक्ष बाबुराम तामाङले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।गत असार ३० गते सुनापति गाउँपालिकाको नवौ गाउँसभाले मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाएर २ वटा वडा बनाउने निर्णय गरिएको थियो। जसअन्तर्गत गाउँपालिकाले वडा नम्बर ४ को साविक वडा नम्बर २,३,४, ५ र ६ वडालाई ६ नम्बर वडाको लागि प्रस्ताव गरि वडाको नाम बेथान पानीघाट नामाकरण गरिएको थियो। त्यसैगरी साविक बडा नम्बर १, ७...












