
रामेछाप । सुनापति गाउँपालिकाको वडा विभाजन हिजो बसेको कार्यपालिकाको बैठकबाट टुंगिएको छ । भल्वाडी मैत्रीय सेवा समितिले भल्वाडी नामलाई काटेर नयाँ वडाको नाम बेथान पानीघाट नामाकरण गरि सिंगो भल्वाडी माथि हस्ताक्षर गरिएको भन्दै अब बन्ने नयाँ वडाको नाम भल्वाडी बेथान नामकरण गरिनु पर्ने माग गरिएको ३५ दिनपछि हिजो बसिएको गाउँकार्यपालिकाको बैठकले नयाँ वडाको नाम बेथान भल्वाडी हुने निर्णय गरिएको ३ नम्बर वडा अध्यक्ष बाबुराम तामाङले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।
गत असार ३० गते सुनापति गाउँपालिकाको नवौ गाउँसभाले मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाएर २ वटा वडा बनाउने निर्णय गरिएको थियो।
जसअन्तर्गत गाउँपालिकाले वडा नम्बर ४ को साविक वडा नम्बर २,३,४, ५ र ६ वडालाई ६ नम्बर वडाको लागि प्रस्ताव गरि वडाको नाम बेथान पानीघाट नामाकरण गरिएको थियो। त्यसैगरी साविक बडा नम्बर १, ७, ८ र ९ लाई वडा नम्बर ४ कायम गर्दै वडाको नाम डहु भ्वाँसा नामाकरण गरिएको थियो।
वडा बिभाजनमा गाउँपालिका अध्यक्ष धावा लामा र वडाध्यक्ष खड्क घिसिङले नामंकन र रेखांकन कुनै सल्लाह र सुझाप संकलन नगरि एक्लौटीरुपमा गाॅंउसभाबाट पारित गरिएको आरोप लगाउँदै साउन ३ गते भल्वाडी मैत्रीय सेवा समितिले शान्तिपूर्ण बिरोध गरी गाउँपालिकामा २ बुँदे माग सहित ज्ञापन पत्र गाउँपालिका अध्यक्ष धावा लामालाई बुझाएको थियो ।
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।