Advertisement

Day: May 11, 2026

नीति तथा कार्यक्रममै प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’

नीति तथा कार्यक्रममै प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’

samachar, समाचार
नीति तथा कार्यक्रममै प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’ काठमाडौं जेठ २८, २०८३। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नआएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा सोमबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुलालले देशकै प्रमुख व्यक्ति राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै उठेर हिँड्नु अस्वभनीय हर्कत भएको टिप्पणी गरे । उनले भने, ‘कतिपय कुरा परम्परागत हुनु पनि राम्रो हुन्छ । बालेन नेतृत्वको नयाँ सरकारले केही आशा र उत्साहजनक नीति तथा कार्यक्रम ल्याउला भन्ने आशा लिएका थियौँ । तर नयाँ शब्द नआउँदा ऊर्जा हराएको जस्तो लाग्यो, आफूले नै ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले बाचन गरेर नसक्दै प्रधानमन्त्रीले सुन्न बोर लागेर होला...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

स्वास्थ्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौं  जेठ २८, २०८३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ । मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ९० रुपैयाँ, घिउ ...
कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला

कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला

समाचार
कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला सुर्खेत  जेठ २८, २०८३ । नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो । पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिध...
सांसद खरेलको स्पष्टिकरण : स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन्

सांसद खरेलको स्पष्टिकरण : स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन्

samachar, समाचार
सांसद खरेलको स्पष्टिकरण : स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन् काठमाडौं  जेठ २८, २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरामा पर्ने डरले पूर्वसञ्चार मन्त्री सुटुक्क विदेश भागे भनेर झुटो समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका हुन् । यस समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको उनको ठहर छ । उनले भने,‘राजधानी दैनिक पत्रिकाले पूर्वसञ्चारमन्त्री अनुसन्धानको घेरामा पर्ने डरले सुटुक्क विदेश भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति म गहिरो खेद र दुःख व्यक्त गर्न चाहन्छु । स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण...
अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

शिक्षा
अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने काठमाडौं  जेठ २८, २०८३ । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै सरकारले अबदेखि अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूको थेरापी सेवा र विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने जानकारी दिए । उनले भने,‘अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिनेछ ।’ यसअघि सरकारले अटिजम भएका बालबालिकाहरूका लागि कुनैपनि योजना अघि सारेको थिएन ।...
सिनेमा ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त

सिनेमा ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त

मनोरञ्जन
सिनेमा ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त   काठमाडौं  जेठ २८, २०८३  चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरेको हो । निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् । उनको पहिलो सटले सिनेमाको नाम कसरी राखिएको भन्ने प्रस्ट पार्छ । शुभमुहूर्तमा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र जेठ १५ बाट छायांकनमा जानेछ । चलचित्रको सुटिङ सेड्युल ४५ दिनको रहेको छ। धनकुटा, सुनसरी र काठमाडौंमा चलचित्रको छायांकन हुनेछ । यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउनेछ । गत वर्षको ब्लकबस्टर मु...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थ
काठमाडौँ  जेठ २८, २०८३ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।...
सांसद ओलीको टिप्पणीः ‘गरिबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ

सांसद ओलीको टिप्पणीः ‘गरिबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ

samachar, अर्थ, ताजा अपडेट, समाचार
सांसद ओलीको टिप्पणीः ‘गरिबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ’ काठमाडौं  जेठ २८, २०८३ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको सरकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती व्यवस्थापन आवश्यक भएपनि डोजर चलाएर बस्ती तहसनहस गरिएपछि मात्रै प्रक्रिया रोकिएको र त्यसपछि पनि दुईजनाले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिन् । तर ती घटनाप्रति सरकारले कुनै समवेदना नजनाएको भन्दै उनले आलोचना गरिन्। उनले भनिन्,‘सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कैपनि जरुरी विषय थियो । तर उक्त बस्ती तहसनहस गरी गरेपछि मात्रै रास्वपाले आफंै सरकारलाई विन्ति बिसायो र भन्यो–अब डोजर रोकियोस् । जब रोकियो, तब दुईजना व्यक्ति आत्माहत्या गर्न बाध्य भए । उहा...
लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ

लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ

समाचार
  लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ काठमाडौं जेठ २८, २०८३ । श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन मौन छ यो सरकार भन्दै प्रश्न गरेका हुन् । ‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ?’ उनले प्रश्न गरे । उनले नेपाली सेनालाई सीमा रक्षामा गर्नुको साटो सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै पठाएको आरोप लगाए । उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षामा पठाइयो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो ? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै देश बचाउन नसक्नु, जनताको बस्तीमा आगो लगाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’ आज देश अभिभावकव...
संसदमा राष्ट्रपतिलाई सेनाको सलामी

संसदमा राष्ट्रपतिलाई सेनाको सलामी

Breaking News 1, samachar, समाचार
  राष्ट्रपति रामचन्द्र पौडेललाई संसद भवनमा स्वागत गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पुष्पगुच्छाले स्वागत गरेका हुन् । राष्ट्रपतिक लागि रातो कार्पेट बिच्छ्याइएको थियो भने संसद भवन पुगेलगत्तै नेपाली सेनाले उनलाई सलामी दिएको थियो ।