
सांसद ओलीको टिप्पणीः ‘गरिबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ’
काठमाडौं जेठ २८, २०८३ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको सरकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छिन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती व्यवस्थापन आवश्यक भएपनि डोजर चलाएर बस्ती तहसनहस गरिएपछि मात्रै प्रक्रिया रोकिएको र त्यसपछि पनि दुईजनाले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिन् ।
तर ती घटनाप्रति सरकारले कुनै समवेदना नजनाएको भन्दै उनले आलोचना गरिन्।
उनले भनिन्,‘सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कैपनि जरुरी विषय थियो । तर उक्त बस्ती तहसनहस गरी गरेपछि मात्रै रास्वपाले आफंै सरकारलाई विन्ति बिसायो र भन्यो–अब डोजर रोकियोस् । जब रोकियो, तब दुईजना व्यक्ति आत्माहत्या गर्न बाध्य भए । उहाँहरुको जीवन नै समाप्त हुँदासमेत सरकारले कुनै समवेदना प्रकट गरेको देखिएन । यसबाट के बुझ्ने ? यसबाट सरकार सामान्य भुइँमान्छेबाट कति टाढा रहेछ भन्ने जनाउँछ कि जनाउँदैन् ? यहाँ त मृत्युको पनि वर्ग र जात हुँदो रहेछ । गरिब भुइँमान्छेको मृत्युलाई त वेवास्ता गरिने रहेछ ।’
उनले पूर्वमै उचित व्यवस्थापन बिना विस्थापन गरिएको निर्णयलाई नीतिगत मात्र नभइ मानवीय संवेदनशीलताको गम्भीर असफलता भएको टिप्पणी गरिन् । साथै, यस घटनाको राजनीतिक र नैतिक जिम्मेवारी सरकार र रास्वपा दुवैले लिनुपर्ने उनको भनाइ थियो ।
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४९९३-२०८१/२०८२ |
स्थायी लेखा नम्बर: ६१९८८६०२० |
प्रेस काउन्सिल दर्ता नं: 5003-2081/2082 |
ठेगाना: गोदावरी-११, ललितपुर