Advertisement

Day: May 14, 2026

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह

Breaking News 1, samachar, समाचार
राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह काठमाडौं  २०८३ बैशाख ३१ गते, बिहीबार । स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक शिक्षामा शिक्षक दरबन्दी बृद्धि नगरिएको विषय उठाउँदै राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले २०५६ सालयता माध्यमिक तहमा शिक्षक दरबन्दी नबढाइएको उल्लेख गरे । उनले हाल करिब ४५ हजार शिक्षक राहत कोटामा कार्यरत रहेको भन्दै उनीहरूलाई स्थायी कोटामा समायोजन गर्नुपर्ने बताए । उनले भने, ‘शिक्षामा सुधार गर्नको लागि माध्यमिक शिक्षामा २०५६ सालदेखि शिक्षकको दरबन्दी बढाइएको छैन । राहत कोटा भनेर करिब ४५ हजार शिक्षकहरु छन् । त्यसलाई कोटामै बदलियोस् । राहत कोटामा बसेको शिक्षकले राम्ररी पढाउँदै पढाउँदैनन्, किनभने उसले अर्को जागिर खोजिरहेको हुन्छ, बा...
नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

Breaking News 1, Breaking News 2, अर्थ
नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले काठमाडौं  २०८३ बैशाख ३१ गते, बिहीबार । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार र सामाजिक न्याय केन्द्रित रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारलाई जनताले दिएको जनादेशलाई जिम्मेवारीका रूपमा लिँदै अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मागसहित जनताले अत्यन्त विश्वास र भरोसाका साथ सरकारलाई जनादेश दिएका छन् । त्यही अपेक्षालाई पूरा गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौँ ।’ अर्थमन्त्री वाग्लेले निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिकसँग गरेका घोषणापत्र, प्रतिबद्धता र एजेन्डालाई सरक...
कच्ची सडक पुगेको त्यो गाउँ, जहाँबाट देशकै उत्कृष्ट शिक्षाको सुगन्ध फैलिँदै छ

कच्ची सडक पुगेको त्यो गाउँ, जहाँबाट देशकै उत्कृष्ट शिक्षाको सुगन्ध फैलिँदै छ

शिक्षा
कच्ची सडक पुगेको त्यो गाउँ, जहाँबाट देशकै उत्कृष्ट शिक्षाको सुगन्ध फैलिँदै छ नवराज पथिक, नेपाल न्यूज बैंक रामेछाप    मिती २०८३ बैशाख ३१ गते, बिहीबार  । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४, बेथान, भौगोलिक रूपमा विकट, वरिपरि भिराला डाँडाकाँडा र जेनतेन पुगेको धुलाम्मे कच्ची सडक । बाहिरबाट हेर्दा यो एउटा सामान्य दुर्गम गाउँ लाग्छ । ढुङ्गा र माटोले बनेका पुराना घरहरू अनि बिहानैदेखि घाँस–दाउरामा व्यस्त हुने ग्रामीण जीवन यहाँको परिचय हो । तर, यही सामान्य गाउँको एउटा कुनामा यस्तो चमत्कार भइरहेको छ, जसले अहिले सिङ्गो देशको ध्यान तानेको छ । त्यहाँ रहेको श्री डहु माध्यमिक विद्यालयले पछिल्ला केही वर्षयता हासिल गरेको सफलताले एउटा नयाँ भाष्य स्थापित गरिदिएको छ शिक्षामा गुणस्तर सुनिश्चित गर्न सहरका महँगा भवन र चिल्ला सडक होइन, दृढ इच्छाशक्ति र समर्पण आवश्यक हुन्छ । यस वर्षको माध्यमिक शिक्षा परीक...
नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

Breaking News 1
नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी काठमाडौं  मिती २०८३ बैशाख ३१ गते, बिहीबार । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताइन् । उनले भनिन्, ‘अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरु हुन्छ भन्ने अपेक्षा थियो। तर नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।’ झाँक्रीले सरकारले सुशासन र आर्थिक विकासका एजेन्डा उठाए पनि व्यवहारमा निजी क्षेत्र...
स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ : वडाध्यक्ष महर्जन

स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ : वडाध्यक्ष महर्जन

अर्थ
स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ : वडाध्यक्ष महर्जन काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् । तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए । ‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउन...
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

ताजा अपडेट
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रु...
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

समाचार
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना काठकाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनि र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेशका तराई भूभागका...