
स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ : वडाध्यक्ष महर्जन
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् ।
तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।
‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने लगायत तालिम सञ्चालन गरेका थियौँ,’ महर्जनले भने ।
स्थानीय गृहिणीहरू आफूले गर्नु पर्ने खर्च घटाउन सक्नुभयो भने पनि हाम्रा लागि उपलब्धि हुनेछ । वडा सदस्य हेरा शोभा डंगोल महर्जनले पार्लरमा गर्नुपर्ने खर्च घटाउनु पनि आय नै भएको प्रतिक्रिया दिए
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४९९३-२०८१/२०८२ |
स्थायी लेखा नम्बर: ६१९८८६०२० |
प्रेस काउन्सिल दर्ता नं: 5003-2081/2082 |
ठेगाना: गोदावरी-११, ललितपुर