
रामेछाप । सुनापति गाउँपालिकाभित्र जङ्ली जनावर बँदेल, दुम्सी र कागले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । अब केही समयमा थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर र कागले खाने रातिका समयमा दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका लेखाली भेग देखि बेसी सम्मका क्षेत्रमा जङ्ली जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।
दिउसोको समयमा बाँदर, काग धपाए पनि राति आउने बँदेल र दुम्सीले गर्दा किसानलाई राति निन्द्रा लग्ना छोडिएको स्थानीयवासीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिँउसो काग, बाँदरको हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन जसोतसो सबै मिलेर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावर नआओस् भनेर हामीले पुरानो लत्ता कपडा जम्मा गरेर मान्छेको जस्तो प्रतिमा बनाएपनि बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ ।”
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।