बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।
बिहान ७ः१० बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो। बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए ।
उनका अनुसार,बस महेन्द्रनगरबाट मार्तडीतर्फ आउँदै गर्दा अचानक ब्रेकफेल भई सडकको बाँया नाली साइडमा पल्टिएको जानकारी दिए । अस्थायी प्रहरी पोस्ट रिठा बजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा सात जना...
















