Advertisement

Day: May 12, 2026

१३ बलमै अर्धशतक : आईपीएलमा उर्भिल पटेलले बराबरी गरे यशस्वी जैसवालको कीर्तिमान

१३ बलमै अर्धशतक : आईपीएलमा उर्भिल पटेलले बराबरी गरे यशस्वी जैसवालको कीर्तिमान

मनोरञ्जन
१३ बलमै अर्धशतक : आईपीएलमा उर्भिल पटेलले बराबरी गरे यशस्वी जैसवालको कीर्तिमान काठमाडौं  वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान फेरि चर्चामा आएको छ । आइतबार चेन्नई सुपर किंग्सका युवा ब्याटर उर्भिल पटेलले केवल १३ बलमै अर्धशतक प्रहार गर्दै इतिहासकै सबैभन्दा छिटो ५० रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम दर्ज गराएका हुन् । लखनउविरुद्ध २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उर्भिलले २३ बलमा ६५ रनको विस्फोटक इनिङ खेले । उनले २ चौका र ८ छक्का प्रहार गर्दै १३ बलमै अर्धशतक पूरा गरेका थिए । यससँगै आईपीएल इतिहासका सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीहरूको सूची फेरि चर्चामा आएको छ । आईपीएल इतिहासका सबैभन्दा कम बलमा पुरा भएका पाँच अर्धशतक यशस्वी जैसवाल – १३ बल सन् २०२३ मा राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमै अर्धश...
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्म#हत्या

एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्म#हत्या

समाचार
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्म#हत्या वीरगन्ज वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्म#हत्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्म#हत्या गरेका हुन् । पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए । ‘हामीले सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका ...