Advertisement

Day: May 12, 2026

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

ताजा अपडेट
सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ? काठमाडौं  वि.सं. २०८३ जेठ २९ गते, मंगलबार ।  सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने बताएका हुन् । उनले नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरे । उनले भने, ‘नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर...
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

Breaking News 1
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड काठमाडौं  वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन’ भन्ने भाष्य सही नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने,‘पुराना नेता’ र ‘पुराना पार्टी’का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन । संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’ प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मे...
नर्सले बिरामीको पीडा बुझ्नुपर्छ र भावनात्मक सम्बन्ध राख्नुपर्छ

नर्सले बिरामीको पीडा बुझ्नुपर्छ र भावनात्मक सम्बन्ध राख्नुपर्छ

स्वास्थ्य
नर्सले बिरामीको पीडा बुझ्नुपर्छ र भावनात्मक सम्बन्ध राख्नुपर्छ यी हुन् नर्समा हुनुपर्ने प्रमुख गुणहरू काठमाडौं  वि.सं. २०८३ जेठ २९ गते, मंगलबार  । काठमाडौं क्यान्सर सेन्टरकी म्याट्रोन (नर्स प्रमुख) निस्ता खत्रीले नर्सिङ पेशामा सफल हुनका लागि आवश्यक प्रमुख गुणहरू सेवाभाव, धैर्यता र मानवीय संवेदनशीलता भएको बताएकी छन्। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले नर्स भनेको केवल उपचारमा सहयोग गर्ने व्यक्ति मात्र नभई बिरामीको पीडा बुझ्ने र भावनात्मक रूपमा साथ दिने व्यक्ति हुनुपर्ने धारणा राखिन् । उनका अनुसार नर्समा सबैभन्दा पहिले बिरामीको पीडा बुझ्ने क्षमता हुनुपर्छ । बिरामीको समस्या के हो भनेर पहिला बुझ्न सक्ने हुनुपर्छ । उनले नर्सको बोली र व्यवहार नरम, शान्त र सुमधुर हुनुपर्ने उनले जोड दिइन्। झर्किने वा कठोर व्यवहारले बिरामी झन् डराउने र असहज हुने उनको भनाइ छ । खत्रीले नर्स र बिरामीबीच विश्वासप...
चरा अवलोकन पर्यटनबाट उठेको आम्दानीले चीनमा प्रवासी चरा संरक्षणमा सहयोग

चरा अवलोकन पर्यटनबाट उठेको आम्दानीले चीनमा प्रवासी चरा संरक्षणमा सहयोग

समाचार
चरा अवलोकन पर्यटनबाट उठेको आम्दानीले चीनमा प्रवासी चरा संरक्षणमा सहयोग काठमाडौं  वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । चीनको पूर्वी प्रान्त जियाङसी प्रान्तमा चरा अवलोकन (बर्डवाचिङ) पर्यटनबाट प्राप्त आम्दानीलाई प्रवासी चरा संरक्षणमा उपयोग गर्न थालिएको छ । यसले पर्यटन र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै ‘माइग्रेटरी बर्ड इकोनोमी’ नामक दिगो प्रणाली विकास भइरहेको छ । स्थानीय निकायका अनुसार लिउकेङ टाउनशिपका पर्यटकहरू प्रवासी पंक्षी अवलोकन गर्न र स्थानीय संस्कृति तथा खानाको अनुभव लिन ठूलो संख्यामा आउने गरेका छन् । यसबाट उठेको पर्यटन कर र आम्दानीलाई पंक्षी संरक्षणका लागि प्रयोग गरिएको छ । यस आम्दानीबाट विशेष गस्ती टोली गठन गरी चराहरूको सुरक्षा मजबुत पारिएको छ । साथै, वन्यजन्तुका कारण किसानलाई हुने क्षतिबाट जोगाउन सरकारले बिमा कार्यक्रम पनि सञ्चालन गरेको छ । स्थानीय अधिकारी झोङ सीनका अनुस...
प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ :कांग्रेस

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ :कांग्रेस

Breaking News 1
प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस काठमाडौं वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृष्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन् । यस विषयमा उनले प्रधानमन्त्रीसँग जवाफ माग समेत गरेकी छिन् । उनले भनिन्,‘लोकतान्त्रि संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृष्य हिजो हामीले देख्यौं । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट...
‘लालीबजा’ टिम दर्शक भेट्न काठमाडौं बाहिर जाने, नेपालगन्जबाट यात्रा थाल्ने

‘लालीबजा’ टिम दर्शक भेट्न काठमाडौं बाहिर जाने, नेपालगन्जबाट यात्रा थाल्ने

समाचार
‘लालीबजा’ टिम दर्शक भेट्न काठमाडौं बाहिर जाने, नेपालगन्जबाट यात्रा थाल्ने काठमाडौँ  २०८३ जेठ २९ गते, मंगलबार । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजारु हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगंज पुग्ने भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईलगायतको टिमले आजदेखि सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ । फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’ का दर्शकका रुपमा पछिल्लो समय परिवार नै दर्शक बनेर आइरहेका छन् । वादी समुदायका अभियन्ताले समेत फिल्म हेरेर सामाजिक सञ्जालमार्फत तारिफ गरिरहेका छन् । प्रदर्शनकै दिनदेखि काठमाडौँ उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिनउपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्...
अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

samachar, समाचार
अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले काठमाडौं २०८३ जेठ २९ गते, मंगलबार। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले उनले निजी क्षेत्रमैत्री आर्थिक नीति अवलम्बन गर्दै पूराना १५ वटा कानुन खारेज गरिएको र राजश्व अनुसन्धान विभागसमेत खारेज गरेर उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिन खोजिएको बताए । उनले भने, ‘आर्थिक नीति तथा कानुनी सुधारमा पहिलो प्राथमिकतामा राखेका छौँ । १५ वटा पुराना खारेज गरेर राजश्व अनुसन्धान विभागलाई खारेज गरेर निजी क्षेत्रलाई एउटा सन्देश दिन चाहेको की हामी उद्योममैत्री निज मैत्री आर्थिक नीति अवलम्बन गदैछौँ ।’ उनले ठूला विकास आयोजना समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने र त्यसको भार अन्ततः सर्वसाधारणले बेहोर्नुपर्ने अवस्था रहे...
पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

ब्यापार
पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना लिस्बन वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवद्र्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका छन् । आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ । साथै परम्परागत नृत्य र सङ्गीत पनि प्रस्तुत गरिने छन् । सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने आम्दानी अनाथ बालबालिकाको लागि काम गरिरहेका एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्चुगल र एसओएस चिल्ड्रेन्स भिलेजेज नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन्...
मकवानपुरमा ईभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

मकवानपुरमा ईभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

Breaking News 1
मकवानपुरमा ईभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर मकवानपुर वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित ११ जना सवार रहेकोमा ९ जना भारती...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

स्वास्थ्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौं वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ । मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिक...