Advertisement

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

लिस्बन वि.सं. २०८३ जेठ २९ गते, मंगलबार
। यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवद्र्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका छन् ।

आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ । साथै परम्परागत नृत्य र सङ्गीत पनि प्रस्तुत गरिने छन् ।

सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने आम्दानी अनाथ बालबालिकाको लागि काम गरिरहेका एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्चुगल र एसओएस चिल्ड्रेन्स भिलेजेज नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन् ।

‘यो वर्ष म पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । यहाँ मैंले आफ्नो परिवार बनाएँ र रेस्टुरेन्टभन्दा बाहिर पनि विभिन्न परियोजनाहरू कार्यान्वयन गरेँ। आफ्नो पेसागत सीप वृद्धिका साथै व्यवसाय र समुदायलाई सक्दो सेवा गर्ने प्रयास गरेँ,’ सापकोटाले भने। पोर्चुगाली जनताले नेपाल र नेपालीप्रति दर्साएको माया र जन्मभूमिको सानो भएपनि सेवा गर्न मैले यो अभियान सुरु गरेको हुँ,’ उनले थपे।

पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औँ स्थानमा परेको थियो । लिस्बनस्थित उनको रेस्टुरेन्ट ‘कासा नेपालेसा’ मा गत बुधवारदेखि सुरु भएको अभियानले नेपाली मौलिक स्वाद र सांस्कृतिक वैभवमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष लिएको छ।

६ मे २०२६ बाट सुरु भएर मे ५, २०२७ सम्म चल्ने यो शृङ्खलामा प्रत्येक महिनाको पहिलो बुधवार विशेष रात्रि भोज आयोजना गरिनेछ, जसको शुल्क ६० युरो प्रतिव्यक्ति तोकिएको छ ।

यो मेरो लागि एक विशेष पहल हो, जसलाई मैले ठूलो स्नेहका साथ अङ्गालेको छु,’ सापकोटाले भने । ‘हामी हाम्रा ग्राहकहरूलाई नेपालको हिमालदेखि तराईसम्मका परम्परागत क्षेत्रीय परिकारहरू पस्कने छौँ ।’

एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगलकी महानिर्देशक गुइडा मेन्डेस बर्नार्डोले यो अभियानलाई संस्कृति र सामाजिक जिम्मेवारीको प्रेरणादायी सङ्गम भनिन्। त्यस्तै एसओएस चिल्ड्रेन्स भिलेजेज नेपालका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङले पोर्चुगलमा बसेर कमाएको सीप, सम्मान र श्रोत नेपालका बालबालिकाको हितमा परिचालन गर्ने सेफ सापकोटाको पहलको प्रशंसा गरे।

गत बुधवार नेपालबाट आएका ६ जना कलाकारहरूले रोचक सङ्गीत र नृत्य प्रस्तुत गरेका थिएभने स्टार्टरदेखि डेजर्टसम्मका परिकारहरू परम्परागत रेसिपीमा आधारित थिए। सेफ सापकोटाको गृह गाउँ बागलुङको दामेकबाट ल्याइएको सिन्की र नेपालबाट ल्याइएका अन्य सामग्रीहरूलाई पोर्चुगाली उत्पादनसँग संयोजन गरिएको थियो ।

कार्यक्रममा नेपालका तस्बिरहरू प्रदर्शन गरिएको थियो भने तीन चरणको रात्रि भोजको बीचमा प्रत्यक्ष पर्फर्मेन्सहरु गरिएका थिए। च्यारिटी डिनरमा लिस्बन महानगरका पूर्वमेयर समेत रहेका पोर्चुगलका पूर्वअर्थमन्त्री फर्नान्डो मेदिना, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेललगायत विशिष्ट पाहुनाहरूको उपस्थिति थियो।

राजदूत पौडेलले टङ्क सापकोटाले आफ्नो क्षेत्रमा नाम कमाउनुका साथै नेपालीको छवि उच्च राख्न पनि योगदान पुराएको बताए । ‘पोर्चुगलमा बसेर नेपाली खाना, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्दै आएका सापकोटाले सुरु गरेको वर्ष दिन चल्ने परोपकारी अभियान निकै प्रशंसनीय छ। यसले पोर्चुगल र अन्यत्र बस्ने नेपाली उद्यमीहरूलाई पनि नेपालको सक्दो सेवा गर्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ राजदूत पौडेलले भने ।

सेफ सापकोटा जर्मनी र इटालीमा काम गरेर सन् १९९६ मा पोर्चुगल आएका थिए। अन्तरराष्ट्रिय रूपमा सम्मानित उनले सन् २०१९ मा एक प्रतिष्ठित उपाधि प्राप्त गरेका थिए। पोर्चुगलमा यो सम्मान पाउने उनी एक मात्र नेपाली हुन्। पाककला उपलब्धिका साथै उनले धेरै सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Kaji” is preparing for its stage performance, and tickets for the announced shows are selling rapidly.

Kaji” is preparing for its stage performance, and tickets for the announced shows are selling rapidly.

Kaji Preparing for Release, Tickets Selling Rapidly Kathmandu — The production team of the upcoming Nepali film Kaji has claime...
SpaceX, the company owned by Elon Musk, has announced plans to launch an Initial Public Offering (IPO).

SpaceX, the company owned by Elon Musk, has announced plans to launch an Initial Public Offering (IPO).

The state must take seriously the hopes and frustrations of the Gen Z generation.

The state must take seriously the hopes and frustrations of the Gen Z generation.

State Must Take Gen Z’s Hopes and Frustrations Seriously Kathmandu — Smriti Century, a lawmaker from Rastriya Swatantra Party, ...
The CAVA Women’s Championship is set to begin on Friday, with eight nations competing for the title.

The CAVA Women’s Championship is set to begin on Friday, with eight nations competing for the title.

The CAVA Women’s Volleyball Championship is set to begin on Friday, bringing a competitive volleyball atmosphere back to Kathman...
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रत...
बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...
हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो मुगु । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजक...