
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड
काठमाडौं वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन’ भन्ने भाष्य सही नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने,‘पुराना नेता’ र ‘पुराना पार्टी’का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।
संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे। ‘दुईतिहाइको कुसासनको प्रतिरोध’ उनले भने, ‘प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो । तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो ।’
प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाए । उनले स्पष्ट पारे,‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ। सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।’
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४९९३-२०८१/२०८२ |
स्थायी लेखा नम्बर: ६१९८८६०२० |
प्रेस काउन्सिल दर्ता नं: 5003-2081/2082 |
ठेगाना: गोदावरी-११, ललितपुर