
प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस
काठमाडौं वि.सं. २०८३ जेठ २९ गते, मंगलबार । नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृष्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन् ।
यस विषयमा उनले प्रधानमन्त्रीसँग जवाफ माग समेत गरेकी छिन् ।
उनले भनिन्,‘लोकतान्त्रि संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृष्य हिजो हामीले देख्यौं । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृष्य होइन् । यो संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको गम्भीरता हो । यस विषयमा सरकारले स्पष्ट जवाफ दिइयोस् । संवैधानिक पदको सम्मान गरियोस् । लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भन्ने कुरामा ध्यान जाहोस् । र यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दछु ।’
लिडर नेपाल डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४९९३-२०८१/२०८२ |
स्थायी लेखा नम्बर: ६१९८८६०२० |
प्रेस काउन्सिल दर्ता नं: 5003-2081/2082 |
ठेगाना: गोदावरी-११, ललितपुर