Advertisement

१३ बलमै अर्धशतक : आईपीएलमा उर्भिल पटेलले बराबरी गरे यशस्वी जैसवालको कीर्तिमान

१३ बलमै अर्धशतक : आईपीएलमा उर्भिल पटेलले बराबरी गरे यशस्वी जैसवालको कीर्तिमान

काठमाडौं  वि.सं. २०८३ जेठ २९ गते, मंगलबार
। आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान फेरि चर्चामा आएको छ । आइतबार चेन्नई सुपर किंग्सका युवा ब्याटर उर्भिल पटेलले केवल १३ बलमै अर्धशतक प्रहार गर्दै इतिहासकै सबैभन्दा छिटो ५० रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम दर्ज गराएका हुन् ।
लखनउविरुद्ध २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उर्भिलले २३ बलमा ६५ रनको विस्फोटक इनिङ खेले । उनले २ चौका र ८ छक्का प्रहार गर्दै १३ बलमै अर्धशतक पूरा गरेका थिए । यससँगै आईपीएल इतिहासका सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीहरूको सूची फेरि चर्चामा आएको छ ।

आईपीएल इतिहासका सबैभन्दा कम बलमा पुरा भएका पाँच अर्धशतक

यशस्वी जैसवाल – १३ बल

सन् २०२३ मा राजस्थान रोयल्सका ओपनर यशस्वी जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमै अर्धशतक पूरा गरेका थिए । उनले ४७ बलमा अविजित ९८ रन बनाउँदा १२ चौका र ५ छक्का प्रहार गरेका थिए ।

उर्भिल पटेल – १३ बल

चेन्नई सुपर किंग्सका उर्भिल पटेलले लखनउविरुद्ध १३ बलमै अर्धशतक पूरा गर्दै जैसवालको कीर्तिमान बराबरी गरेका हुन् ।

केएल राहुल – १४ बल

सन् २०१८ मा केएल राहुलले दिल्ली क्यापिटल्सविरुद्ध १४ बलमै अर्धशतक बनाएका थिए। उनले १६ बलमा ५१ रन बनाउँदा ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

प्याट कमिन्स – १४ बल

सन् २०२२ मा कोलकाता नाइट राइडर्सका लागि खेल्दै प्याट कमिन्सले मुम्बई इन्डियन्सविरुद्ध १५ बलमा अविजित ५६ रन बनाएका थिए । उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए ।

रोमारियो शेफर्ड – १४ बल

गत सिजन रोयल च्यालेन्जर्स बैंग्लोरका लागि खेल्दै रोमारियो शेफर्डले चेन्नई सुपर किंग्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । उनले अविजित ५३ रन बनाएर टोलीलाई २१३ रनको बलियो योगफलसम्म पु¥याएका थिए । एएनआई

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Kaji” is preparing for its stage performance, and tickets for the announced shows are selling rapidly.

Kaji” is preparing for its stage performance, and tickets for the announced shows are selling rapidly.

Kaji Preparing for Release, Tickets Selling Rapidly Kathmandu — The production team of the upcoming Nepali film Kaji has claime...
SpaceX, the company owned by Elon Musk, has announced plans to launch an Initial Public Offering (IPO).

SpaceX, the company owned by Elon Musk, has announced plans to launch an Initial Public Offering (IPO).

The state must take seriously the hopes and frustrations of the Gen Z generation.

The state must take seriously the hopes and frustrations of the Gen Z generation.

State Must Take Gen Z’s Hopes and Frustrations Seriously Kathmandu — Smriti Century, a lawmaker from Rastriya Swatantra Party, ...
The CAVA Women’s Championship is set to begin on Friday, with eight nations competing for the title.

The CAVA Women’s Championship is set to begin on Friday, with eight nations competing for the title.

The CAVA Women’s Volleyball Championship is set to begin on Friday, bringing a competitive volleyball atmosphere back to Kathman...
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रत...
बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...
हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो मुगु । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजक...